Logo

Breaking News 1

अख्तियारको बदनाम गर्दै ‘बिचौलिया’ थापा


१७ कार्तिक २०८०, शुक्रबार  

437
Shares

काठमाडौं। ‘बिचौलिया’ यो शब्द नेपाको राजनीतिदेखि व्यापारी र कर्मचारी सर्कलमा समेत यहीले चर्चित छ ।

नेतादेखी व्यापारी र कर्मचारीले आफ्नो ‘दुनो सोझ्याउन’ तथा घुस रकमको डिल गर्न र आफ्नाविरुद्धका व्यक्तिको ‘सफाया’ गर्न सञ्चारमाध्यमको समेत दुरुपयोग गर्न यस्ता बिचौलियाहरु परिचालन गर्दै आएका छन् ।

पछिल्लो समय बाग्लुङका गौरव थापा उदयमान बिचौलियाका रुपमा बजारमा देखा परेका छन् । बिचौलिया थापाले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईदेखी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, सर्वोच्चका न्यायाधिस सपना प्रधान मल्ल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवर र निवर्तमान आईजी धिरजप्रताप सिंहको नाम बदनाम गर्दै हिँडेका छन् ।

गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बिचौलिया थापाले अख्तियारबाट सेटिङ गरेर मिलाउँछु भन्दै प्रबन्ध निर्देशक पौडेलसँग मोटो रकम डिल गरेको स्रोतले बतायो । पौडेल बिचौलिया थापाको भर पर्दा अहिले निलम्बनमा परेका छन् ।

अख्तियारले पौडेलसहित टेलिकमका सात कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि पौडेल निलम्बनमा परेका हुन् । पौडेल निलम्बनमा परेपछि पौडेलका बिचौलिया धन्दाको पर्दाफास भएको हो ।

यतिमात्र होईन थापाले एक वर्ष अगाडी एक महिलालाई खुशी पार्न विशाल सिमेन्टका मालिक अमित श्रेष्ठलाई हुँदै नभएको ‘क्रिप्टोकरेन्सी’ मुद्दामा समेत फसाएका थिए ।

तत्कालिन आईजी धिरजप्रताप सिंहलाई सेटिङ मिलाएर आईजीको म्याद थप गर्ने आश्वासन दिएर थापाले अमितलाई प्रहरीको हिरासतसम्म पुर्याउन सफल भएका थिए । तर ५५ करोड बिगो दाबी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौंले १५ लाख धरौटीमा अमितलाई थुनामुक्त गरेको थियो भने, अहिले सो मुद्दाबाट अमितले सफाई समेत पाईसकेका छन् ।

प्रहरी कै विधिविज्ञान प्रयोगशालाले अमितबाट तत्कालिन समयमा बरामत भएका मोबाईल र ल्यापटप जस्ता डिभाईसबाट क्रिप्टोसँग जोडिएको कुनै पनि कारोबार नदेखिएको भन्दै अनुसन्धान गरेको काठमाडौं परिसरलाई पत्राचार गरेपछि अमितलाई बिचौलिया थापाको योजनामा तत्कालिन आईजी धिरजप्रतापले फसाएको पुष्टि भएको थियो ।

पछिल्लो समय गौरब थापाले यस्तै ‘गोरखधन्दा’ चलाउँदै करोडौं रकमको मालिक बन्न सफल भएका छन् । थापाले क्याप्टेन रामेश्वर थापाको हनुमानको रुपमा समेत काम गर्दै आएका छन् । क्याप्टेन थापाको धन्दामा तगारो बन्ने नेता, कर्मचारी, व्यापारीविरुद्ध समेत थापाले सञ्चारकर्मीहरुलाई गलत सुचना प्रवाह गरी दुरुपयोग गर्दै आएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ०९ बजे