Logo

Breaking News 1

तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको हाे : अध्यक्ष राउत


१७ कार्तिक २०८०, शुक्रबार  

138
Shares

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए ।

उनले संसदीय व्यवस्था भनेपनि सांसदहरूले भनेका कुरा लागु नहुने गरेको बताए । देश ३५ वर्ष यता तीनजना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए ।

जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको उनले भनाइ छ ।

अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ११ बजे