Logo

मुख्य समाचार

शान्तिको पक्षमा आज काठमाडौंको रत्नपार्कमा जुलुश हुने


१७ कार्तिक २०८०, शुक्रबार  

46
Shares

भक्तपुर । प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएका छन् ।

पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँंसो १ बजे रत्नपार्कबाट बृहत्त जुलुश निकालिने जनाएको हो ।

ुअमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरूद्धु भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् ।

रत्नपार्कबाट हुने बृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : १० बजे