Logo

समाचार

लागूऔषधसहित १५ जना पक्राउ


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडाैँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । बाँकेकाे खजुरा गाउँपालिका-२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अनुप सुनार समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

उदयपुरकाे चौदण्डीगढी नगरपालिका-९ भिमा मोहरीया चोकस्थित किराना पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ ग्राम ५ सय ५० मिलिग्रामसहित सुनसरी ईनरुवा नगरपालिका-६ बस्ने ४५ वर्षीय सलिम मिया समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२८ प ४९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

कैलालीकाे  धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित बैतडी शिगास गाउँपालिका-९ बस्ने २४ वर्षीय सन्दिप चन्द समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-८ पचुई इँटाभट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २९ वर्षीय जयराम रानालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाकाे गेरुवा गाउँपालिका-३ शान्तिबजारबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ बस्ने २३ वर्षीय अमित चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित भारत मोतिहारी रक्सौल बस्ने ४० वर्षीया सरिता देवीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ९५३७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

चितवनकाे भरतपुर महानगरपालिका-१७ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम, नापतौल गर्ने मेसिन १ थान, नगद २८ हजार २ सय ३५ रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र बैंकको चेक ३ थानसहित सोही ठाउँ बस्ने २८ वर्षीय रोशन तामाङ समेत २ जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ३४ बजे