Logo

Breaking News 1

आजबाट संसद अधिवेसन अन्त्य हुँदै, निर्णय लिन मन्त्रिपरिषद् बैठक जारी


१६ कार्तिक २०८०, बिहिबार  

46
Shares

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि भर्खरै मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेसन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भईरहेको छ ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहिवार देखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ०५ बजे