Logo

Breaking News 1

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै


१६ कार्तिक २०८०, बिहिबार  

46
Shares

काठमाडौं । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुने छ ।

यो खेल बिहान ९ बजे सुरु हुने छ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ३४ बजे