Logo

खेलकुद

विश्वकप क्रिकेटमा न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग १९० रनले पराजित


१५ कार्तिक २०८०, बुधबार  

23
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित निकालेको छ।

३५८ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड ३५ दशमलव ३ ओभरमा अलआउट हुँदै १६७ रनमै समेटिएको हो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३५७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी–कक र रस्सी भान डर डुसेनले शतकीय पारी खेले । क्विन्टनले ११४ रन बनाए भने डुसेनले १३३ रन बनाए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ५३ बजे