Logo

मुख्य समाचार

पाँच संसदीय समितिको बैठक बस्दै


१५ कार्तिक २०८०, बुधबार  

46
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिआज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभाका तीन, राष्ट्रियसभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ । आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजेबोलाईएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ०४ बजे