Logo

खेलकुद

बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित


१४ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । आजको जितसँगै पाकिस्तानले क्वालिफायरमा जाने सम्भावना जिवितै राखेको छ ।

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बंगलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको थियो । २०५ रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : २४ बजे