Logo

Breaking News 1

ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य हुँदैनः ट्राफिक प्रहरी


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य नहुने बताएको छ ।

सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कार्यालयले चालक लाइसेन्स प्राप्त व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुने र ट्राफिक नियम उल्लङ्घन र कारवाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने स्पष्ट पारेकाे छ ।

नागरिक एपले पनि सवारी चेकजाँचका क्रममा एपमा लिंक भएकाे लाइसेन्स देखाउँदा मान्य हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : ५६ बजे