Logo

Breaking News 1

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौँ। विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् । उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद् बैठकमा पेस हुने बताइन् ।

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  २ : ३५ बजे