Logo

समाचार

बलात्कार आराेपमा एकजना पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

बैतडी। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ४९ बजे