Logo

Breaking News 1

दसैँका बेला सर्वसाधारण यात्रु चार गुणाले ठगिए : सांसद पौडेल


१३ कार्तिक २०८०, सोमबार  

115
Shares

काठमाडौँ। प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।

सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : २२ बजे