Logo

Breaking News 1

टी-२० विश्वकप छनोट: नेपालले सिंगापुरलाई आठ विकेटले हरायो


१३ कार्तिक २०८०, सोमबार  

92
Shares

काठमाडौं। टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुवात गरेको छ ।

नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : १४ बजे