Logo

मुख्य समाचार

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

23
Shares

महोत्तरी । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ४९ बजे