Logo

Breaking News 1

आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पहिलो ओभरको दोस्रो बलमै पहिलो सफलता


१३ कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो ओभरको दोस्रो बलमै पहिलो सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका कप्तान अरित्रा दत्त इनिङ्सको दोस्रो बलमै शून्य रनमा पभेलियन फर्किए । नेपालका करण केसीले दत्तलाई बोल्ड गरे ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : २७ बजे