Logo

मुख्य समाचार

लागुऔषधसहित देशभरीबाट एकै दिन १० जना पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

46
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सर्लाहीको कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका -१० बस्ने २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज।१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका- ७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्साकै पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका(५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका-२ गौनियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरासमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से।७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । तेलीले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ०५ बजे