Logo

Breaking News 1

आईसीसी क्रिकेट : नेपाल र सिंगापुरकाबीच प्रतिस्पर्धा हुँदै


१३ कार्तिक २०८०, सोमबार  

46
Shares

काठमाडौं । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदै छ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : २२ बजे