Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक १३ गते


१३ कार्तिक २०८०, सोमबार  

115
Shares

आज मिति २०८० कार्तिक १३ गते, सोमबार, ३० अक्टोबर २०२३। कार्तिक कृष्णपक्ष द्वितीया तिथि। भरणी नक्षत्र, ६ः२९ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १२ः२३ बजेपछि वृष।

मेष राशि

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ।

बृष राशि

खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ।

मिथुन राशि

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।

कर्कट राशि

बिहान अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन्। तापनि वादविवादमा अघि नसर्नुहोला।

सिंह राशि

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्।

कन्या राशि

स्वास्थ्य कमजोर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला।

तुला राशि

रमाइलो भेट भए पनि व्यावहारिक काम गर्ने समय छ। प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा अड्किएको काम बन्नेछ।

बृश्चिक राशि

रकम खर्च भए पनि काम अड्किन सक्छ। किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला।

धनु राशि

श्रम परे पनि दिन उपलब्धिमूलक रहनेछ। तर अधैर्य व्यवहार दर्साउँदा बिहान भने काम बिग्रन सक्छ। व्यर्थैमा अरूको आलोचना सहन गर्नुपर्नेछ ।

मकर राशि

काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ।

कुम्भ राशि

आँटेको काम गर्न बिहानै जुट्नुहोला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला।

मीन राशि

बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : ३३ बजे