Logo

मुख्य समाचार

चीनका पूर्व प्रधानमन्त्रीको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त


११ कार्तिक २०८०, शनिबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनको पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो दुःख ब्यक्त गरेका हुन् ।

‘जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन् ।

‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उनको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना ।’ चीनका पुर्व प्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : ०५ बजे