Logo

Breaking News 1

ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा


११ कार्तिक २०८०, शनिबार  

23
Shares

काठमाडौं । ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप छनोट खेल सोमबारदेखि सुरु हुने छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । देसाईले घोषणा गरेको टिममा सन्दीप फर्किएका छन् । यसअघि सन्दीपले व्यक्तिगत कारण देखाउँदै ट्वान्टी–२० त्रिदेशीय शृंखला खेलेका थिएनन् ।

नेपालले विश्वकप छनोटको तयारीका लागि घरेलु मैदानमै युनाइटेड अरब इमिरेट्स ९यूएई० र हङकङ सम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको फाइनलसम्मको यात्रा तय गरे पनि यूएईसँग चार विकेटले पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

विश्वकप छनोटको एसिया क्वालिफायर नेपालमा कात्तिक १३ गतेदेखि सुरु हुँदै छ । छनोटमा कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ०२ बजे