Logo

धर्म / संस्कृति

आजको राशिफल


११ कार्तिक २०८०, शनिबार  

0
Shares


मेष (चु चे चो ला लि लु ले लो अ)

काममा अवरोध सिर्जना होला । भाग्यले साथ दिँदैन । नरमाइलो अनुभूति भइरहला ।स्वास्थ्यमा पनि समस्या झेल्नुपर्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

यात्रा तथा सवारी साधनको प्रायोगमा केही कष्ट होला । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ । शत्रुले खर्च गराउलान् । 

मिथुन (का कि कु घ ङ छ के को ह)

सन्तान सुख होला । तपाईँको खर्चिलो दिन हुनेछ । यात्रा तथा मनोरञ्जनपूर्ण दिन हुनेछ ।  आत्मबल भने बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ । मातृसुख प्राप्त होला ।

सिंह (मा मि मु मे मो टा टि टु)

भाइबन्धुसँग खटपट हुनसक्ला । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको राम्रो फाइदा  पाइएला । स्थायी धन संकलन हुनेछ । लेनदेनको कारण थोरै तनाव झेल्नुपर्ला । खर्च सही ठाउँमा होला ।  

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन सुनौलो रहनेछ । कुनै नयाँ सामान प्राप्त हुने देखिन्छ । आजको यात्रामा सुखद हुनेछ । मान सम्मान प्राप्त हुनेछ । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको बोलीको नै काम बिग्रने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि नदेला । बेलुकातिर भने मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज धनप्राप्ति हुने भएकाले काम बन्नेछ । कारोबारले सन्तुष्ट दिने देखिन्छ । नयाँ कार्य हुने देखिन्छ । यात्रा सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज जे गर्नुहुन्छ त्यो कामले सफल हुनेछ । खर्चिलो दिन होला । सोचविचार गरेर मात्र काम गर्नुहोला । रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

भाग्यले पूर्ण साथ दिनेछ । उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज सानासाना कुरामा विवाद हुनसक्छ । संयमता अपनाउनु पर्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।  

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ५ : ०० बजे