Logo

Breaking News 1

कैलालीमा अवैध सालको काठ बरामद


२ कार्तिक २०८०, बिहिबार  

69
Shares

धनगढी। कैलालीबाट अवैध सालको काठ बरामद गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो। उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : ३९ बजे