Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८० कार्तिक १ गते, बुधबार, १८ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष चतुर्थी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

मेष राशि

परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।

बृष राशि

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ।

मिथुन राशि

यसअघि रोकिएको काम प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन्।

कर्कट राशि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

सिंह राशि

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।

कन्या राशि

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।

तुला राशि

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ।

बृश्चिक राशि

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।

धनु राशि

समयमा होस नपुग्नाले केही रकम बाहिरिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

मकर राशि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मनग्य नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।

कुम्भ राशि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मीन राशि

परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ५ : २१ बजे