Logo

मुख्य समाचार

काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल


३० आश्विन २०८०, मंगलबार  

0
Shares

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्स सिल गरिएको छ । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो ।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ३८ बजे