Logo

Breaking News 1

दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स


३० आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रोमिट्यान्स भित्रिएको हो ।

गत वर्षको भदौ मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । साउन र भदौमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आएको छ । स्वीकृति लिने नेपालीको संख्या ७४ हजार ४५५ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले कमी आइ ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ०६ बजे