Logo

Breaking News 1

इजरायल पछि अमेरिकी राष्ट्रपतिले जोर्डनका राजासँग भेटघाट गर्ने


३० आश्विन २०८०, मंगलबार  

0
Shares

वासिंगटन डिसी । इजरायल भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाहसँग पनि भेटघाट गर्ने भएका छन्र । 

सो क्रममा इजिप्टका राष्ट्रपति र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बाससँग भेटघाट गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले जानकारी दिएका छन् ।

बाइडेनले ‘हमास प्यालेस्टिनी जनताको मर्यादा र आत्मनिर्णयको अधिकारको पक्षमा उभिने छैन भन्ने कुरा दोहोर्‍याउने छन् र गाजाका सबै नागरिकहरूको मानवीय आवश्यकताहरूबारे फेरि छलफल गर्नेछन्’, किर्बीले भने।

उता, बिदेश मन्त्री ब्लिन्केनले गत हप्तामा इजरायली र अरब नेताहरूलाई भेटेर क्षेत्रको वरिपरि यात्रा गरिरहेका छन । स्पष्ट रूपमा इजरायललाई समर्थन गर्ने अमेरिकी सार्वजनिक घोषणाहरूको बावजुद द्वन्द्वको समाधान खोज्ने प्रयासमा पछिल्लो समयमा अमेरिकनहरू लागिरहेको देखिन्छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे