Logo

Breaking News 1

बैतडीमा चट्याङ लागेर तीन चौपाया मरे, चार घरमा क्षति



बैतडी । बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र दुई बाख्रा मरेका छन् । जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो ।

चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित घरको वइरीङ्गमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एकरएक बाख्रा पनि चट्याङ लागेर मरेका छन् ।

चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ । विस्तृत विवरण आउँन बाकि रहेको जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : २८ बजे