Logo

मुख्य समाचार

भक्तपुर ट्रक व्यवसायी संघमा गोरा निर्वाचित



भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित भक्तपुर ट्रक व्यवसायी प्रालि) लिवाली भक्तपुरको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा निर्वाचित भएका छन् ।

यसअघिको कार्यकालमा अध्यक्ष भएका गोरा पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन् । संघको सोमबार भक्तपुरमा भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत भएका छन् । यसअघि अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४२ बजे