Logo

Breaking News 1

राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा दसैंका लागि नयाँ पैसा साट्नेको भीड



काठमाडौं। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा दसैँका लागि नयाँ नोट साट्नेको भीड लागेको छ। पैसा साट्नेको अत्यधिक चाप बढेपनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा लामो समय लाईन बस्नुपरेको सेवाग्राहीको गुनासो छ ।

नयाँ नोट साट्नका लागि सेवाग्राहीहरु बिहानैदेखि लामो लाईनमा बसिरहेका छन् । राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकका साथै अन्य बैंकलाई पनि पैसा साट्न रकम पठाइसकेको बताएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : ५३ बजे