Logo

मुख्य समाचार

अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते



काबुल । पश्चिमी अफगानिस्तानमा फेरी गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । केही दिन अघि  यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तेस्रो पटक गएको यो भुकम्प चार माइलको गहिराईमा थियो।

स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा एक जनाको मृत्यु भएको छ । अन्य १०० जनाको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : १३ बजे