काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश अहिले संकटग्रसत अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले पनि राजनीतिक अस्थिरता कायमै छ । सत्ताभित्र ठूलो लडाईं छ । सरकार–सरकारभित्रै लाडाईं छ । यसो हेर्दाखेरि राजनीतिक स्थिरता धेरै टाढा देखिन्छ । स्थिरता सम्भव नभएसम्म देशको समृद्धि सम्भव छैन् ।’
हिजो (शनिबार) पार्टीको बनेपा नगरकमिटी भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष साहले निराशामा रहेका नेपाली जनतालाई उत्साह भर्नको लागि पार्टीले जनपक्षीय कदम चालिरहेको दाबी गरे ।
प्रतिक्रिया