Logo

Breaking News 1

एसिसी यू-१९ प्रिमियर कपमा नेपालले हरायो बहराइनलाई



काठमाडौं। एसिसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले हराएको छ।

आइतबार मलेसियामा भएको खेलमा ३७.५ ओभरमा अलआउट भएको बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको थियो।

नेपालले उक्त लक्ष्य ३ विकेट गुमाएर ११.४ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि कप्तान देव खनाल र अर्का ब्याट्सम्यान अर्जुन कुमालले समान ३२/३२ रन हाने भने दीपक बोहराले ४, दिपकप्रसाद डुम्रे १ रन हानेर आउट भए। उत्तम थापा मगर पहिलो बलमै आउट भए।

बलिङतर्फ नेपालका दिवस कँडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए।

समूह ए मा रहेको नेपालले गत बिहीबार इरानमाथि २७४ रनको फराकिलो जित हात पारेको थियो।

समूह चरणको अन्तिम खेल नेपालले कात्तिक २ गते साउदी अरबसँग खेल्नेछ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ०२ बजे