Logo

Breaking News 1

यसवर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसवर्ष १०वटा विमान खरिद गर्ने बताएका छन् । 

आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले  चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् । 

नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । 
 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : ०२ बजे