काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।
कोइरालाले आफ्नो जन्मदिनको स्मरण गर्दै भने, ‘बिपी कोइरालाका तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म’ उनले भने, ‘तीन वर्षसम्म आइमाइकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’
नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे ।
प्रतिक्रिया