Logo

Breaking News 1

झापाको पूर्वी नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन


२६ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ ।

चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ ।

विश्व परिवेशमा हातहतियार, विष्फोटक पदार्थ लगायत लागूऔषध पहिचानमा डग परिचालन अति प्रभावकारी रहि आएको सशस्त्र प्रहरीले जनाएको छ । सुरक्षाकर्मीको नांगो आखाले देख्न तथा छुट्याउन नसक्ने यस्तो प्रकृतीको गैह्र कानुनी क्रियाकलाप रोक्नको लागि अन्य सीमा नाकाहरुमा पनि तालिम प्राप्त जनशक्ति तथा डग बढाउँदै लैजाने संगठनको योजना रहेको छ ।

यसअघि २०७२ सालको गोर्खा भुकम्पको भग्नावशेषमा परी हराएका व्यक्तिहरुको पहिचान तथा उद्धार गर्न व्यक्ति खोज तथा उद्धार तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : ०३ बजे