Logo

मुख्य समाचार

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना पक्राउ


२६ आश्विन २०८०, शुक्रबार  

92
Shares

काठमाडौँ। सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

पक्राउ पर्नेमा २ महिला र १४ जना पुरुष छन् । विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर उनीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ५४ बजे