Logo

Breaking News 1

झापाको अर्जुनधारामा पुगेर महेश बस्नेतको उत्तेजक भाषण : एमाले सिंह हो, युवा संघ बाघहरुको संगठन हो


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले सिंह र एमालेनिकट युवा संघ बाघहरुको संगठन भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटी कोशी प्रदेश, झापाको प्रथम ऐतिहासिक अधिवेशनको खुल्ला सत्रलाई आज (बिहीबार) सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

एमाले सिंह हो भन्ने कुरा कतिपय मान्छेले भुलेको उनको टिप्पणी थियो । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला भएको भन्दै यसले अराजकताको विरुद्धमा र शान्तिको पक्षमा वकालत गरिरहेको उनको भनाई छ । एमालेले नश्लवादलाई स्विकार नगर्ने भन्दै एकता र स्वाधिनताको पक्षमा उभिने बस्नेतको भनाई छ ।

सो क्रममा उनले नाम नलिईकन दुर्गा प्रसाईंका समर्थकहरुले चूनौति दिएको कुरा स्मरण गराए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : १३ बजे