Logo

Breaking News 1

पर्यटन प्रवर्द्धन गर्न काठमाडौं महानगर र होटल संघबीच छलफल


२५ आश्विन २०८०, बिहिबार  

92
Shares

काठमाडौं।पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपालले काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ। संघका अध्यक्ष विनायक शाहको नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर बालेन्द्र शाहसँग छलफल गरेको हो।

छलफलका क्रममा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरू प्रस्तुत गरे।

मुलुकलाई पर्यटनमार्फत् समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए।

प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत् राष्ट्रिय गरिमा समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको छ।

महानगरका प्रमुख बालेन शाहले संयुक्त बैठक बसेर आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा सकारात्मक रहेको बताए। पर्यटन प्रवर्द्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रमहरू नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरे।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ०५ बजे