Logo

Breaking News 1

नेपाली लिन गएको विमान इजरायल पुग्यो


२५ आश्विन २०८०, बिहिबार  

138
Shares

काठमाडौं। हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ । 

बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुबईलाई ‘टान्जिट’ बनाएर नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको हो । सोही विमानमा नेपालीलाई उद्धार गर्न भन्दै परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् ।
 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ०५ बजे