Logo

Breaking News 1

अहिलेको राष्ट्रिय कार्यभार सामाजिक र आर्थिक रुपान्तरण हो : गृहमन्त्री श्रेष्ठ


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताए । उनले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताए ।

उनले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउँदै सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : २८ बजे