Logo

समाचार

किसानलाई दूधको भुक्तानी तत्काल गर्नुपर्छ : सांसद तिमिल्सिना


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सांसददेखि राष्ट्रपतिसम्मको तलब काटेर भए पनि किसानलाई दूधको मूल्य भुक्तानी गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले दूधको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन्। किसानलाई भुक्तानी नदिने र दूध पनि नकिन्ने अवस्थाको अन्त्य गर्न उनले माग गरे ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : २६ बजे