Logo

Breaking News 1

काठमाडौंमा गोली चलाएर एक जनालाई लिइयो नियन्त्रणमा


२५ आश्विन २०८०, बिहिबार  

161
Shares

काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको भनाइ छ ।

‘लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिए । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ । काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : २२ बजे