Logo

Breaking News 1

रास्वपाबाहेकका दलहरूमा राणा शासन कायम नै छ : सभापति लामिछाने


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरूमा अझैपनि राणा शासन कायम रहेको बताएका छन् ।

बिहीबार रास्वपा र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताएका हुन् । अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको उनको भनाइ छ ।

उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे ।

उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए ।

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : ३६ बजे