Logo

Breaking News 1

मतदाता नामावलीमा नाम विदेशबाटै दर्ता गर्न सकिने


२५ आश्विन २०८०, बिहिबार  

92
Shares

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भएको जानकारी गराएका छन् ।

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदा छ ।

दर्ता भएका व्यक्तिहरूका विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ र अरू सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : २५ बजे