Logo

Breaking News 1

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दुई सय ७४ अन्तरले हरायो


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए ।

इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए । सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई-दुई विकेट हात पारे ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : २१ बजे