Logo

Breaking News 1

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।

उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ०८ बजे