Logo

मुख्य समाचार

टीकापुरबाट लागूऔषधसहित एकजना पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

0
Shares

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१  ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ४६ बजे