Logo

Breaking News 1

दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन सुधार गर्न आवश्यक छ : अध्यक्ष ढकाल


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए । उहाँले दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा काम गरिरहेको बताए ।

उनले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान रहेको बताइएका ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ३७ बजे