Logo

मुख्य समाचार

सानिमा इक्विटी फन्डको नगद लाभांश खातामा जम्मा


२३ आश्विन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।

यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।  

यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नु पर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नु पर्नेछ ।

खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले  १८% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ४२ बजे